सुदूरपश्चिमले जित्याे प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटको उपाधि

काठमाडौ । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । इटहरीमा शनिबार भएको फाइनलमा प्रदेश- १ लाई ६ विकेटले हराउँदै सुदूरपश्चिम च्याम्पियन बनेको हो । उपाधिसँगै सुदूरले ५ लाख र उपविजेता प्रदेश-१ ले ३ लाख रूपैयाँ प्राप्त गरेका छन् ।

प्रदेश-१ ले दिएको १ सय २ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभर ५ बलमा १०२ रन जोड्दै लक्ष्य पूरा गर्यो । सुदूरपश्चिमको जितमा सम्झना खड्काले अविजित २७ रन जोडिन् । कविता जोशी १९ रनमा अविजित रहिन् । डोली भट्टले २२ तथा कविता कुँवरले १२ रन जोडिन । प्रदेश-१ कालागि सबनम राई, संगीता राई, रुवीना क्षेत्री र हिरान्मायी रोयले १/१ विकेट लिए ।

सुदूरपश्चिमलाई जितका लागि अन्तिम ओभरमा ८ रन आवश्यक थियो । प्रदेश १ कि कप्तान रुविना क्षेत्रीलाई अन्तिम ओभरको दोस्रो बलमा कविता कुँवरले छक्का प्रहार गरेपछि सुदूरपश्चिमले जितेको हो । सुरुवात राम्रो गर्न नसकेको सुदूरपश्चिमको इनिङ्स मध्यक्रमका सम्झना खड्का र डली भट्टले संहालेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.