गोदावरीमा स्थायी राजधानी कार्यान्वयनका लागि हस्ताक्षर अभियान

धनगढी । सुदूरपश्चिम प्रदेश सभाले स्थायी राजधानी कायम गरेको गोदावरीलाई कार्यान्वयन गर्नुपर्ने भन्दै हस्ताक्षर अभियान सुरु गरिएको छ। अत्तरिया उद्योग वाणिज्य संघले प्रदेशको स्थायी राजधानी कार्यान्वयन गर्न भन्दै हस्ताक्षर अभियान थालेको हो।

अत्तरियामा जारी महोत्सवको मुल गेटमा राजधानी कार्यान्वयनका लागि दबाब दिन सर्बसाधारणको हस्ताक्षर गराउने काम भइरहेको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देबकोटाले बताए।

गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा प्रदेशको राजधानी घोषणा गरिएपनि अहिलेसम्म कार्यान्वयनमा नआएको भन्दै दबाबस्वरुप हस्ताक्षर अभियान सुरु गरेको उनले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.