सुदूरपश्चिमकाे उप-सभामुखमा दुई जनाको उम्मेदवारी

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको उपसभामुखका लागि दुई जनाको उम्मेदवारी  परेको छ। सत्ता गठबन्धनबाट एमालेकी कोइलीदेवी चौधरी र नेकपा एकीकृत समाजवादीकी माया पन्तको उम्मेदवारी परेको हो।

सत्तारूढ  गठबन्धनबाट नागरिक उन्मुक्ति पार्टीको भागमा परेको उपसभामुख पद उसले अस्वीकार गरेपछि चौधरी र पन्तको उम्मेदवारी परेको हो। नागरिक उन्मुक्तिले तत्काल सरकारमा सहभागी नहुने र उपसभामुख पनि नलिने भनेपछि एमालेबाट उम्मेदवार बनाइएको छ।

उपसभामुखको निर्वाचन आजै हुने कार्यतालिका छ। साँझ ४ बजेसम्म मनोनयन दर्ता गरेर ६ बजे निर्वाचन गर्ने तयारी रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.