माओवादीबाट रेखा शर्मा सञ्चारमन्त्री बन्दै, बाँकी यी हुन् मन्त्री बन्ने अनुहार ?

काठमाण्डाैं । माओवादी पाएको चार मन्त्रालय र एक राज्यमन्त्री लिने सहमति सत्ता साझेदार दलहरुका बीचमा भएको थियो । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ यसअघि नै भौतिक पूर्वाधार मन्त्री भइसकेका छन् ।

माओवादीबाट रेखा शर्मा सञ्चारमन्त्री बन्ने भएकी छन् । सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन्  । माओवादीको भागमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रालय छ । तर, कुन मन्त्रालय नतोकी अमनलाल मोदीलाई शपथका लागि राष्ट्रपति भवन सितल निवास बोलाइएको छ ।

राज्यमन्त्रीमा कसलाई पठाउने भन्ने टुंगो लागेको छैन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.