सुदूरपश्चिम माओवादी केन्द्र संसदीय दलकाे नेतामा भट्ट सर्वसमत

धनगढी । अहिले सत्ता गठबन्धनमा सबैभन्दा ठूलाे पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सुदूपश्चिम प्रदेश संसदीय दलकाे नेतामा खगराज भट्ट सर्वसमतले छानिएका छन् । याेसँगै उनकाे मुख्यमन्त्री बन्ने बाटाे खुलेकाे छ ।

आज विहान बसेकाे पार्टी संसदहरुकाे बैठकले भट्टलाई निर्बिराेध चयन गरेकाे हाे । सुदूरपश्चिममा दलको नेताका लागि भट्टसहित ओमविक्रम भाट, अक्कल रावल र मान बहादुर धामी आकांक्षी रहेका थिए । अन्तिम सम्ममा सबै जना पछि हटेपछि बैठकले खगराज भट्टलाई सर्वसम्मत रुपमा दलको नेता छनोट गरेकाे डाेटी ‘ख’ बाट निर्वाचित सांसद शिबिसं ओलीले जानकारी दिए ।

सुदूरपश्चिमबाट खगराज माओवादी केन्द्रको एक मात्र स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज हुन् । हालै सम्पन्न निर्वाचनमा उनी डडेल्धुराकाे प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ बाट निर्वाचित भएका थिए ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.