धनगढी। सुदूरपश्चिम प्रदेश सभाका सदस्यले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ज्येष्ठ प्रदेशसभा सदस्य मानबहादुर रावलले ५२ जना प्रदेशसभा सदस्यलाई शपथ ग्रहण गराएका हुन् ।
त्यसभन्दा अगाडि ज्येष्ठ सदस्य रावलले प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।
उनलाई प्रदेश प्रमुख देवराज जोशीले शपथ ग्रहण गराएका थिए ।
सो अवसरमा मुख्यमन्त्री त्रिलोचन भट्ट, निवर्तमान सभामुख अर्जुनबहादुर थापा, भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री विनीता चौधरी लगायतको उपस्थिति थियो ।
