काठमाडौं। राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) न्युनतम साझा कार्यक्रममा सहमति जुटाएर सरकारमा जाने भएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबार बसेको केन्द्रीय कार्य समितिको बैठकले सो निर्णय गरेको गरेको हो।
उता नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु नयाँ परिस्थितिबारेमा राय परामर्श लिन जुटेका छन् । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन अघि सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी अहिलेको सरकारमा सहभागी छैन ।
प्रधानमन्त्री दाहालले सरकारमा सामेल गराउने सन्दर्भमा बुधबार बिहान समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेपछि देशभरका जिल्ला कमिटीका ईन्चार्ज, सह–ईन्चार्ज र पदाधिकारीहरुसँग भर्चुअल माध्यमबाट राय परामर्श लिइएकाे प्रमुख सचेतक प्रकाश ज्वालाले जानकारी दिए । उक्त बैठकमा सकारात्मक छलफल भएको उनको भनाइ छ ।