ट्याक्टर दुर्घटना हुँदा बझाङमा २ जनाको मृत्यु

बझाङ । बझाङको छविसपाथीभेरा गाउँपालिका-५ थलारामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सोमबार राति करिब ८ बजे से २ त २३४३ ट्याक्टर दुर्घटना हुँदा छबिसपाथीभेरा-५ का चालक मंगल धामी र सहचालक धनबहादुर ठगुन्नाको मृत्यु भएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

अवस्थीका अनुसार उनीहरुको घटनास्थलमै ज्यान गएको हो । ट्याक्टरमा झोलुंगे पुलका सामान थिए । तर ट्याक्टर उकालो बाटोमा चढ्न नसकी पछाडि सरेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.