कांग्रेसबाहेकको नयाँ गठबन्धन : प्रचण्ड प्रधानमन्त्री बन्दै

कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्ने भएको छ । एमाले माओवादी केन्द्रका नेताबाहेक, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति गरी ७ पार्टीको नयाँ गठबन्धन बनाउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो ।

यी ६ दलका सांसद संख्या १६६ पुग्छ । नेताहरुबीच एमाले र माओवादीले ५ वर्षे कार्यकालमा आधाआधा समय सरकारको नेतृत्व गर्नेगरी सहमति गरेका छन् । बालकोटमा सहमति जुटेलगत्तै नेताहरु प्रधानमन्त्रीको दावी गर्न बहुमत सांसदको हस्ताक्षरसहित शीतलनिवास पुगेका छन् । शितल निवास स्राेतकाअनुसार प्रधानमन्त्रीमा प्रचण्डले आज नै सपथ लिने छन् ।

बालकोट बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले महासचिव शंकर पोखरेलले राष्ट्रपतिले उपधारा २ अनुसार सरकार गठन गर्न दिएको समय समाप्त हुने दिनसम्म पनि  संसद्को ठुलो दल कांग्रेसले उपधारा २ अनुसार सरकार गठन गर्न पहलकदमी नगरेपछि स्वभाविक दोस्रो ठुलो दलको हैसियतले नयाँ सरकार बनाउन पहल कदमी गरेको बताए । उनले त्यस्तो बाध्यता आइलागेको पनि बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.