नेपालमा पूर्वाधार निर्माणको अवस्था: ११ वर्षसम्म पुल बनेन्, नदी तर्न पैसा

धनगढी । सामान्यतया: एउटा पुल बन्न १ वर्ष पनि लाग्दैन तर, कैलालीमा एउटा पुल निर्माण सुरू भएको ११ वर्षसम्म पनि पूरा भएको छैन । यसले नेपालमा पूर्वाधार निर्माणको अवस्था कस्तो छ भनेर स्पष्ट पार्छ ।

हुलाकी सडकअन्तर्गत भजनी नगरपालिकाको ३ र ५ नम्बर वडा जोड्ने कान्द्रा नदीमाथिको पुल बनाउन सुरू गरिएको ११ वर्ष भयो । तर अहिले पनि निर्माणकै चरणमा छ । अर्को दु:खलाग्दो कुरा त पुल नहुँदा स्थानीय बासिन्दा दैनिक रकम तिरेर नदी पार गर्न बाध्य छन् । पुल नबनेका कारण धनगढी-भजनी-सत्तीसम्म सवारी साधन सञ्चालनमा समस्या छ । लामो समयसम्म पुल नबन्दा स्थानीय आक्रोशित छन् भने काठेपुल बाट नदी तर्दा पैसा तिनुपर्ने बाध्यता छ ।

साढे २ वर्षमा पुल निर्माण सम्पन्न गर्ने गरी हुलाकी सडक आयोजनाबाट २०६८ सालको जेठमा ठेक्का सम्झौता भएको थियो । लामा, साल्पा शेर्पा र विरूवा जेभीसँग संयुक्तरूपमा सम्झौता भयो । तर ठकेदारको लापरवाही, डिजाइनमा भएको बिलम्बजस्ता कारणले निर्माण पूरा हुन पाएको छैन । पुलमा बन्नुपर्ने चार स्ल्याब ध्ये अहिले पनि ३ वटाकाको मात्रै काम पूरा भएको छ । पटक-पटक म्याद थपिए पनि पुल निर्माणको काम भने सकिएको छैन

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.