धनगढीमा आजदेखि दैनिक ८ घण्टा विद्युत अवरुद्ध हुने

धनगढी । धनगढीमा १ सातासम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ। निर्माणाधिन सडकमा विद्युतीय संरचना स्थानान्तरणका लागि पौष ७ गतेदेखि पौष १३ गतेसम्म बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो।

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले धनगढी उपमहानगरपालिकाको कार्यालयदेखि निर्माणाधिन चटकपुर चोक र पश्चिम ३ नम्बर वडाकाे रिङ्गरोड सम्मको सडकमा रहेका विद्युतीय संरचना हटाउन राजपुर फिडरको विद्युत लाइन अवरुद्ध हुने जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.