पार्टीले हारेपछि माओवादी जिल्ला इन्चार्जले दिए राजीनामा

धनगढी । नेकपा माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज हकिकुल्ला खाँले पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा जिल्लामा पार्टीले कुनै सिट जित्न नसकेको भन्दै उनले राजीनामा दिएका हुन्। मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय इन्चार्ज समेत रहेका नेता खांँले सोमबार सांँझ एक विज्ञप्ति जारी गर्दै रुपन्देहीमा पार्टीले प्रतिनिधि सभा र प्रदेशसभाको प्रत्यक्षतर्फ कुनै सिट जित्न नसकेकाले इन्चार्ज पदमा रहिरहन नैतिकताले नदिने भन्दै राजीनामा दिएको उल्लेख गरेका छन् ।

समानुपातिकतर्फ पनि २०७४ को निर्वाचनमा पाएको मत भन्दा धेरै मत घटेको र प्रतिनिधिसभातर्फ मुस्लिम क्लस्टर ‘कोल्याप्स’ भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। आफ्नो राजीनामाबाट पार्टीमा पर्न गएको असरप्रति उनले क्षमा याचना समेत गरेका छन्। रुपन्देहीमा प्रतिनिधि सभातर्फ सत्ता गठबन्धन नै क्लिन स्वीप भएको थियो भने माओवादी केन्द्र प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा क्लिन स्वीप भएको थियो।

जिल्लाको मत परिणामलाई लिएर यसअघि काँग्रेसका पनि एकदर्जन नेताहरुले विज्ञप्ती निकालेर काँग्रेस जिल्ला नेतृत्वको राजीनामा मागेका थिए। उनीहरुले पराजयको नैतीक जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने समेत बताएका थिए। निर्वाचन परिणामलाई लिएर काँग्रेस रुपन्देहीभित्र देखिएको असन्तुष्टी अहिले पनि कायमै छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.