यी हुन सुदूरपश्चिम प्रदेशमा नेपालीकाँग्रेसका समानुपातिक सांसद

धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिममा प्रदेशसभातर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेकाे बैठकले प्रदेशको समानुपातिकतर्फको सांसदको टुंगो लगाएको हो।

सुदूरपश्चिम प्रदेशमा ७ जना महिलालाई समानुपातिक सूचीमा राखिएको छ। जसअनुसार सुदूरपश्चिम प्रदेश सभामा दलितबाट ललिता सुनार, खसआर्यबाट मधु भारती, सरस्वती खड्का, डम्बरी महरा, जुना दानी र तुल्सी देवकोटा सांसद बनेका छन्। यस्तै थारुबाट गिताकुमारी चौधरी सांसद बनेकी छन्। 

बैठकले प्रदेशको टुंगो लगाएको र संघको केही विवाद भएकाले छलफल जारी रहेको बताइएको छ। प्रतिनिधिसभातर्फका पुरुष सांसदहरुको भने सूची तयार गर्न सभापति शेरबहादुर देउवालाई जिम्मा दिइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.