आजदेखि सुदूरपश्चिम महोत्सव सुरु हुने उद्घाटन गर्न देउवा आउदै

धनगढी । सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले कैलाली उधाेग बाणिज्य संघले आयोजना गर्ने सुदूरपश्चिम महाेत्सवकाे तयारी पुरा भएकाे छ । महाेत्सव आज मंसिर २२ देखि सुरु भएर  पुस २ गतेसम्म सञ्चालन हुनेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवा महोत्सवको उद्घाटन गर्न धनगढी आउन लागेकाे कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले बताए । प्रधानमन्त्री देउवा ११ बजे काठमाडौंबाट आउने संघले जनाएको छ। उनका अनुसार महोत्सव उद्घाटन समारोहमा विभिन्न जातिका नृत्य प्रदर्शन गर्ने तयारी छ।

सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ। कोरोना महामारीका कारण विगत दुई वर्ष महोत्सव आयोजना गर्न सकिएको थिएन। उक्त महोत्सवमा स्थानीय खानाका परिकार, कृषि उपजलगायतका झण्डै चार सय कक्ष रहने बताइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.