सर्बियामाथि रोमाञ्चक जित निकाल्दै स्वीट्जरल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलका प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
समूह ‘जी’ अन्तर्गत स्टेडियम ९७४ मा शुक्रबार राति भएको खेलमा स्वीट्जरल्यान्डले सर्बियालाई ३-२ गोलले हरायो ।स्वीट्जरल्यान्ड समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । यस समूहबाट यसअघिनै अन्तिम १६ मा स्थान बनाएको ब्राजिल समूह विजेता बनेको छ ।
अन्तिम खेलमा अहारेपनि तीन खेलबाट ६ अंक बनाएको ब्राजिल समूहको शीर्षस्थानमा रह्यो । समान ६ अंक बनाएको स्वीट्जरल्यान्ड दोस्रो भयो ।
चार अंक बनाएको क्यामरुन तेस्रो र एक अंक बनाएको सर्बिया अन्तिममा रह्यो । यससँगै विश्वकपको नकआउट समिकरण समेत पूरा भएको छ ।
