राहतको पर्खाइमा डोटीका भूकम्प पीडित

 डोटी । भूकम्पले घर चर्किएर बस्न नमिल्ने भएपछि  डोटीको पूर्वीचौकी –५ उपरकाँडा गाउँका अधिकांस कटेरोको बस बस्न बाध्य भएका छन् । भूकम्प गएको तीन चार  दिनसम्म कुनै प्रकारको राहत र आश्वासन समेत नपाएपछि स्थानीय जङ्गलबाट निगालो र काठ काटेर टहरा बनाउँदै गरेका हुन्।

स्थानीय ६३ बर्षीया लालवीर साउँदले भने ‘भूकम्पको झट्का रोकिएको छैन, चिसोले स्वास्थ्यमा समस्या आइसक्यो, रोहत आएको छैन ।” साउँदजस्तै उपरकाँडा गाउँका २५ भन्दा बढी घरपरिवार भूकम्पले घरमा चिरा परेपछि घरबाहिर चिसोमा रात बिताउन बाध्य भएका छन्।  

गैरागाउँमा सरकारी र गैरसरकारी क्षेत्रबाट तत्कालीन राहत र उद्धारको काम गरिएको भए पनि छिमेकी सायल गाउँपालिका र पूर्वीचौकी गाउँपालिकाकै अन्य वडामा भूकम्पका कारण घर चर्किएपछि आगोकै भरमा स्थानीयहरू रात काट्न बाध्य भएका छन् । चिसोमा घरबाहिर बस्नुपर्दा बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी समस्या भएको पीडितको भनाइ छ ।

भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिकामा –३ गैरागाउँमा ६ जनाको ज्यान गएको छ । पाँच जना स्थानीय घाइते भएका छन । गैरागाउँमा सरकारी र गैरसरकारी क्षेत्रबाट तत्कालीन राहत र उद्धारको काम गरिएको भए पनि छिमेकी सायल गाउँपालिका र पूर्वीचौकी गाउँपालिकाकै अन्य वडामा भूकम्पका कारण घर चर्किएपछि आगोकै भरमा स्थानीयहरू रात काट्न बाध्य छन ।

चिसोमा घरबाहिर बस्नुपर्दा बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी समस्या भएको पीडितको भनाइ छ । डोटीको सायल गाउँपालिका –३ बेटारा गाउँका स्थानीय रोशन विष्टले भने, ‘घर चर्किएर बाहिरबाट घरभित्र प्रष्ट देखिने भएको छ । भित्र बस्न लायक छैन । बालबालिका र दीर्घरोगीहरुलाई समस्या भएको छ ।’

जिल्लाका स्थानीय तहहरूले भूकम्पका कारण भएको भौतिक क्षतिको यकिन विवरण सङ्कलन गर्न भइरहेको बताएका छन् । डोटीको सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीका अनुसार वडास्तरवाट क्षतिको विवरण सङ्कलन कार्य भइरहेको छ । सरकारीस्तरबाट डोटीको पूर्वीचौकी –३ गैरागाउँमा पूर्ण क्षति भएका १८ घर क्षति भएका अन्य १२ घरहरूमा तत्कालीन रूपमा राहत उपलब्ध गराइएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिए। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.