धनगढी । सुदूरपश्चिमको बझाङमा भूकम्प गएको छ । आज बिहान ९ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो ।
लेखगाउँ आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का ठुलो महशुस भएपनी क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।