धनगढी । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। तर काग तिहार भने भोलि (कात्तिक ६ गते) परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आजबेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो’, पञ्चाङ्ग समितिले भनेकाे छ।