बाजुराका ग्रामिण सडक सुचारु गर्दै पालिका

शेरबहादुर सार्की

बाजुरा । बाढिपहिरोका कारण अवरुद्ध भएका ग्रामिण सडक सुचारु गर्न स्थानीय गाउँपालिका लागि परेका छन् । पालिकादेखि गाउँ गाउँबस्तीमा सम्म सञ्चालनमा आएका ग्रामिण सडक असोजमा आएको अविरल वर्षाले अवरुद्ध हुँदै आएका थिए ।

हिमाली गाउँपालिका–४ का कर्णबीर भण्डारीले, गाउँमा जोडिने बाटोहरु सबै अबरुद्ध भएको कारण राहत सामाग्री लैजान समेत अफ्ट्यारो भएपछि गाउँपलिकाले सडक मर्मत गर्ने काम सुरु गरेको बताए । उनले भने, ‘‘असोज १९ देखी २६ गते सम्मको निरन्तर अविरल वर्षाका कारण पहिरोले गाउँसम्म सञ्चालनमा आएका अवरुद्ध भएपछि अहिले गाउँपालिकाले ती सडक सुचारु गर्ने गरेकाे छ ।

हुम्ला, बाजुरा र मुगु जिल्ला जोड्ने कर्णाली करिडोरको सडक समेत पूर्ण अबरुद्ध भएपछि अहिले हिमाली , स्वामिकार्ति, जगनाथ, बूढीनन्दा लगायतका स्थानीयबासीलाई आवागमन कार्यमा निकै सास्ती खेप्नु परेको छ । बाटो समेत अवरुद्ध बनेपछि अहिले त्यहाँ बाढीपहिरो पीडित राहत पाउँनबाट समेत वञ्चित हुँदै आएका छन् । घरमा खाने कुरा केही नभएर त्रिपाल मुनी बसेका बाढीपहिरो पीडितको अवस्था निकै दयनीय भएपनि बाटो अवरुद्ध भएका कारण स्थानीय सरकारलाई राहत दिन सकस भएको छ । 

बाटोको समस्याले सर्वसाधारणलाई आवतजावतमा समस्या सृजना भएपनि सडक विभाग लगायतका अन्य निकायले समेत कुनै चाँसो नखाएपछि हिमाली गाउँपालिका तिहार अगावै बाटो सुचारु गर्ने गरी सडक निर्माणको काम सुरु गरेको हिमाली गाउँपालिकाले जनाएको छ ।हिमाली गाउँपालिका कार्यालय बाजुरा आफैले कर्णाली करिडोर पिलुचौरदेखि कुवाडी सडक खण्ड पुनः सुचारु गन डोजर भाडामा लिई निर्माण तथा मर्मत कार्य सुरु गरिएको हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.