नवौं राष्ट्रिय खेलकुद उद्घाट हुँदै: अहिलेसम्म आर्मी पहिलो, सुदूरपश्चिम चाैथाे

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियाेगिताकाे ओैपचारिक उद्घाटन अवकाे केही समयमै हुँदैछ । अपराह्न साढे तीन बजे पोखरा रंगशालामा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिता उदघाटन गर्ने छन् । साँझ ४ बजे औपचारिक उद्घाटन गरिने भएपनि फेन्सिङ २४ गतेबाट सुरु गरिएको थियो ।

प्रतियाेगिता अन्तर्गत अहिलेसम्म आर्मी ५ स्वर्ण, ५ रजत र ७ कास्यसहित १७ पदक हात पार्दै च्याम्पियन बनेको हो । बागमती प्रदेश कुल ८ पदकसहित दोस्रो भएको छ । बागमतीले ४ स्वर्ण, ३ रजत र एक कास्य पदकमा आफ्नो नाम लेखाएको छ । 

शसस्त्र प्रहरी २ स्वर्ण, ४ रजत र ७ कास्यसहित १३ पदसहित तेस्रो स्थानमा छ भने सुदूरपश्चिम प्रदेश १ स्वर्ण २ कास्यसहित ३ पदक जितेर चाैथाे स्थानमा रहेकाे छ । त्यसैगरी गण्डकी प्रदेशले ४ कास्य पदक जित्दा प्रदेश १ ले ३ तीन कास्य पदक प्राप्त गरेका छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.