डडेल्धुरामा कर्ण मल्ल देउवासँग भिड्ने, एमालेले गर्याे समर्थन

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाे बिरुद्धमा चुनाव लड्ने घाेषणा गरेका कर्ण मल्ललाई एमालेले पनि समर्थन गरेकाे छ ।  नेकपा एमालेले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिएर ले नेपाली कांग्रेस (बीपी) का उम्मेदवार कर्ण मल्ललाई समर्थन गर्ने भएको हो।

पूर्व प्रदेशमन्त्री पठानसिंह बोहोराको एकल नाम सिफारिस गरेको एमाले डडेल्धुराले उनलाई पछि हटाउँदै मल्ललाई समर्थन गर्ने निर्णय गरेको छ। अब प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २४ वर्ष साथ दिएका मल्लले उनीसँगै प्रतिस्पर्धा गर्नेछन्।

नेपाली कांग्रेसबाट विद्रोह गरी कांग्रेस (बीपी) मा लागेका मल्लसँग गएको स्थानीय चुनावमा पनि एमालेले तालमेल गरेको थियो। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.