सन्दीप लामिछाने आज १० बजे प्रहरी समक्ष आत्मसमर्पण गर्ने

काठमाडौ । नाबालिक माथि बलात्कारको अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने बिहीबार नेपाल आउँदै छन् ।उनले आफू बिहान १० बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमास्थलमा अवतरण हुने र प्रहरी समक्ष आत्मसमर्पण गर्ने बताएका छन् । उनी कतार एअरवेजको विमान मार्फत नेपाल आउन लागेका हुन् ।

आफूले यसबारे प्रहरी प्रशासनलाई जानकारी गराएको सामाजिक सञ्जालमार्फत सूचित गरेका हुन् । सन्दीपले गौशाला प्रहरीलाई पत्र लेखेर आफू आउन लागेको जानकारी दिएका हुन् । विमानस्थलमै आफूले आत्मसमर्पण गर्ने र त्यस क्रममा आफ्ना कानून व्यवसायीको उपस्थितिका लागि अनुमति दिन उनले आग्रह गरेका थिए ।

यस्तै उनले आफूलाई विमानस्थलबाट प्रहरी कार्यालय लैजाँदा विना हथकडी लैजान पनि आग्रह गरेका छन् । सन्दीपले आफू निर्दोष रहेको र न्याय पाउनेमा विश्वास भएको पनि जनाएका छन् । अनुसन्धानमा सहयोग गर्ने उनले उल्लेख गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.