नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै

नवरात्रीको आज पाँचौ दिन । आज नवदुर्गा मध्येकी पाँचौ स्कन्दमाताको पूजा आराधना गरिन्छ ।देशभरका विभिन्न शक्तिपीठमा आज दुर्गाको स्कन्दमाता स्वरूपको पूजा गरिन्छ । स्कन्द अर्थात कुमारको आमा भएका कारण देवीको नाम स्कन्दमाता रहन भएको हो ।

स्कन्दमाताको चार हात रहेको छ । देवीको दुई हातमा कमलको फुल, काखमा बालक स्वरूपको भगवान कुमार र एउटा हात आशीर्वाद मुद्रामा रहेको छ । स्कन्दमाताको वहान सिंह रहेको छ । कमलको फुलमा बस्ने भएकीले देवीलाई पद्मासना पनि भनिन्छ ।

यस स्वरूपकी देवीलाई विशेष गरेर फलमा केरा चढाइन्छ । स्कन्दमाताको पूजा आराधना तथा ध्यान गर्नाले सांसारिक पाप तथा कष्टबाट छुट्करा मिल्ने विश्वास छ । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.