Dashain Suvakamana

यात्रुसँग बढी भाडा लिने, ‘डबल टिकट’ दिएर ठगी गर्ने ३५ जना पक्राउ

Ajai

काठमाण्डौ उपत्यकाबाट दशैँका लागि आ–आफ्नो घर जान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना व्यक्ति पक्राउ परेका छन् । यात्रुसँग बढी भाडा लिने, फर्जी टिकट दिने वा डबल टिकट दिने लगायत ठगी गर्नेलाई महानगरीय प्रहरी कार्यालयले पक्राउ गरी कारबाहीका लागि नजिकैका महानगरीय प्रहरी वृत्त वा प्रभाग पठाएको छ ।

यात्रुलाई चाडपर्वको मौका छोपी ठगी गर्ने व्यक्तिमाथि निगरानी राख्नका लागि सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक) राजेन्द्र भट्टले जानकारी दिनुभयो । कार्यालयले दशैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गरी बनाएको कार्ययोजनाअनुसार एक हजार चार सय ६८ जनशक्ति परिचालन गरिएको छ । 

कार्यालयले यातायात व्यवस्था विभाग, यातायात व्यवसायीलगायतको समन्वयमा उपत्यकाका १४ ठाउँमा यात्रु सहायता कक्ष  स्थापना गरेको छ । आज बिहानसम्म दुई जना यात्रुको मात्रै गुनासो आएको प्रवक्ता भट्टले बताउनुभयो । लामो दुरी लक्षित गरी कलङ्की, थानकोट, हलचोक, माछापोखरी, चावहिल, सातदोबाटो, बल्खु, कोटेश्वर, पुरानो बसपार्कमा यात्रु सहायता कक्ष रहेका छन् । 

उपत्यकाको ३६ ठाउँमा नियमित जाँच गरिँदै आएकोमा अहिले चाडपर्वमा लक्षित गरेर ३५ ठाउँ थप गरिएको कार्यालयले जनाएको छ । उपत्यकाबाट बाहिरिने ठाउँमा सिट क्षमताका आधारमा यात्रु राखेको वा नराखेको, उपत्यकामा धेरै एकै पटक बाहिरिएर सडक चाप कम हुँदा तीव्र गतिमा र जाँड–रक्सी खाएर चलाउने हुँदा त्यो नियन्त्रणका लागि जाँच बढाउन लागिएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.