राष्ट्रिय सभाका चार विषयगत समितिका सभापति सर्वसम्मत चयन

काठमाडौं । राष्ट्रिय सभाका चार विषयगत समिति सभापति सर्वसम्मत चयन भएका छन्। भदौ २३ गते सभापतिको निर्वाचन हुँदैछ। प्रत्येक दुई वर्षमा समिति पुनर्गठन र सभापति चयन हुने नियमावलीको व्यवस्था अनुसार सभापति चयन हुन लागेको हो।

राष्ट्रियसभा नियमावलीको नियम १५० बमोजिम सभाध्यक्ष गणेश तिमिल्सिनाले निर्वाचनको मिति तोकेका हुन्। आज चार समितिको सभापतिमध्ये दिगो विकास तथा सुशासन समितिमा प्रकास पन्थ सर्वसम्मत चयन भएका छन्।

त्यस्तै, विधायन व्यवस्थापन समितिमा बेदुराम भुसाल, प्रत्यायोजित व्यस्थापन तथा सरकारी आश्वासन समितिमा माया प्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल सर्वसम्मत चयन भएका हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.