चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् ।
आइतवार बसेको सो पार्टीको ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समिति बैठकले प्रचण्डको नाम एकमतले उम्मेदवारका रुपमा सिफारिस गरे नेता गोपाल न्यौपानेले जानकारी दिए ।
प्रचण्ड यसअघि ०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनको नाम यसअघि गोरखा–१ बाट पनि सिफारिस भएको छ । यद्यपि, प्रचण्डले यसअघि नै आफू चितवन–३ बाटै चुनाव लड्ने स्पष्ट गरिसकेका छन् ।