असोज १ देखि सुपथ मूल्य पसल सञ्चालन हुने

चाडपर्वलाई लक्षित गरेर आगामी असोज १ गतेदेखि सुपथ पसल सञ्चालन हुने भएको छ ।  चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि असोज १ गतेदेखि  कात्तिक १५ गतेसम्म देशभरका शहरबजारमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएकाे हो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गरिएको जानकारी दिए । सुपथ मूल्य पसलमा उपभोक्ताले पाँचदेखि १० प्रतिशत छुट पाउने उनकाे भनाई छ । 

चाडपर्वमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको खपत बढी हुने हुँदा उपभोक्तालाई राहत दिन सहुलियत पसल सञ्चालन गर्न लागिएको भन्दै उनले चिनी, नून, चामल, दाल, आटा, पिठो, मैदा, तेल,  चिउरा लगायतमा छुट दिइएको बताए । चाडपर्वमा उपभोक्तलाई सहुलियत दिन खाद्य कम्पनीलाई दुई करोड ३२ लाख र साल्ट्र टेडिङ कर्पोरेसनलाई एक करोड रुपियाँ छुट्याएको मन्त्रालयले जनाएको छ ।

उपभोक्तालाई छुट दिएबापतको रकम जति हुन्छ, त्यति सरकारले शोधभर्नाबापत उपलब्ध गराउने गर्छ । दुई वर्षअघिदेखि सरकारले उपभोक्तालाई राहत दिन बजेटमै रकम व्यवस्था गर्दै आएको छ । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.