१२ सेकेण्डमा यसरी ध्वस्त भए ३० तलाका २ भवन(लाइभ भिडियोसहित)

भरतीय राजधानी दिल्लीसँगै जाेडिएकाे नोएडाको सेक्टर ९३ए मा रहेको विवादास्पद ट्विन टावर भत्काइएको छ । करिब ३७०० किलो बारूदले जुम्ल्याहा टावर ध्वस्त पारेको थियो ।एपेक्स र केएन नामका टावरहरू सुपरटेक बिल्डरले बनाएका हुन्। यी ३० तले भवनहरूलाई ट्विन टावर भनिन्थ्यो। जसको उचाइ ३२० फिटभन्दा बढी थियो।

यो देशकै सबैभन्दा ठूलो बहुमंजिला भवन भत्किएको थियो। यी नोएडाको सघन जनसंख्या भएको क्षेत्रमा अवस्थित थिए। तिनीहरूलाई तल ल्याउन करिब ३७०० किलोग्राम विस्फोटक प्रयोग गरिएको थियो।

सावधानीलाई ध्यानमा राख्दै यी भवन नजिकको सोसाइटीमा बसोबास गर्ने मानिसलाई विस्थापित गरिएको थियो ।नोएडा प्राधिकरणका अनुसार सुपरटेकको ट्विन टावर भत्किएपछि प्रभावित क्षेत्रमा पानीका ट्याङ्करहरू, मेकानिकल स्वीपिङ मेसिन र स्वीपरहरू वातावरण संरक्षणका लागि तैनाथ गरिएको छ।

नोएडा प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा सरसफाईका लागि ६ मेकानिकल स्वीपिङ मेसिन र २०० कामदार खटाइएको छ।यसका साथै प्रभावित क्षेत्रमा सडक, फुटपाथ, पार्क, मध्यवर्ती किनारा, रुख तथा बोटबिरुवा धुनका लागि सयवटा पानी ट्याङ्कीको व्यवस्था गरिएको छ ।

यस अवधिमा वरपरका रुख तथा बिरुवामा रहेको धुलो तुरुन्तै हटाउने काम केही समयमै सुरु गरिने छ । आगामी दिनमा उक्त क्षेत्रमा पानी छर्किने समेत जानकारी दिइएको छ ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.