Dashain Suvakamana

एसिया कपमा भारत र पाकिस्तानबीचको भिड्दै, दर्शक दुई पक्षमा

यूएईमा जारी एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा आज समूह ‘ए’ मा रहेका पाकिस्तान र भारत खेल्दैछन् । यी दुई टोलीबीचको खेल राति ७ः४५ देखि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

भारत र पाकिस्तान जितका साथ प्रतियोगिताको सुरुवात गर्न चाहन्छन् । क्रिकेटमा भारत र पाकिस्तानबीचको खेललाई हाइभोल्टेजको रूपमा हेरिन्छ । त्यसैले दर्शकहरु नै दुई पक्षमा बाढिएका छन् ।  

भारत आज पछिल्लो संस्करणको टी–२० विश्वकपको हारको बदला लिन चाहन्छ । सो विश्वकप खेलमा पाकिस्तानविरुद्ध भारत १० विकेटले पराजित भएको थियो ।

पाकिस्तान भारतविरुद्धको जित यात्रा कायमै राख्न चाहन्छ । यी दुई टोलीबीचको पछिल्लो पाँच खेलको नतिजा हेर्दा भारत बलियो देखिन्छ । भारतले पाँचमध्ये चार खेलमा पाकिस्तानलाई हराएको छ । भारत र पाकिस्तानले विश्वकप र एसिया कपमा मात्र एकअर्काविरुद्ध खेल्ने गरेका छन् । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.