पुरुषसँग यौन सम्पर्क राख्ने पुरुषहरुलाई मंकीपक्स

अमेरीकामा आपतकाल घाेषणा

अमेरिकाले मंकीपक्सको प्रकोपलाई सार्वजनिक स्वास्थ्य आपतकालको घोषणा गरेको छ । युरोपमा मंकी मंकीपक्स संक्रमणका घटनाहरू बढिरहेका बेला अमेरिकाले पनि मंकीपक्सको स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

अमेरिकामा मंकीपक्सका केसहरूको संख्या ६,६०० नाघेपछि बाइडेन प्रशासनले यो निर्णय गरेको हो । बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार डा एन्थोनी फाउचीले बिहीबार मंकीपक्सको प्रकोपलाई नियन्त्रण गर्ने प्रयासमा समलिङ्गी समुदायका नेताहरूलाई संलग्न गराउनु महत्त्वपूर्ण रहेको बताएका छन् ।

उनले जीवनशैलीलाई कलंकित पार्नेविरुद्ध सावधानी अपनाउन आग्रह गर्दै समलैंगिक समुदायको प्रतिबद्धता सधैं सफल साबित भएको बताए । अमेरिकामा अहिले मंकीपक्स पुरुषसँग यौन सम्पर्क राख्ने पुरुषहरुलाई नै बढी मंकीपक्स देखिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार बाँदरमा पहिलो पटक सन् १९५८ मा मंकीपक्स रोग पत्ता लागेको थियो । यस रोगमा ज्वरो आउने, दुख्ने र छालामा पिपले भरिएको घाउ जस्ता हल्का लक्षणहरू हुन्छन् र मानिसहरू दुईदेखि चार हप्तामा निको हुन्छन्। यो नजिकको शारीरिक सम्पर्कबाट फैलिन्छ र विरलै घातक हुन सक्छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.