छात्राहरु एकाएक बिरामी हुन थालेपछि दार्चुलाकाे विद्यालय बन्द

धनगढी । छात्राहरुमा अज्ञात रोग देखिएपछि दार्चुलाको अपि हिमाल गाउँपालिका–४ मा रहेको खण्डेश्वरी माविका  पठनपाठन बन्द भएको छ। खण्डेश्वरी माविमा अध्ययनरत छात्राहरु एक हप्तादेखि एकाएक बिरामी हुन थालेपछि पठनपाठन बन्द गरिएको हो।

छात्राहरु एक्कासी छट्पटाउने, मुर्छा पर्ने, रुने, कराउने तथा भीडभाडदेखि डराउने गरेको विद्यालयका प्रधानाध्यापक खडकसिंह लोथ्यालले जानकारी दिए। त्यसकारण साउन १३ गतेदेखि साउन १७ गतेसम्म विद्यालय बन्द गरिएको उनले बताए।

यस्तै साउन १५ गतेदेखि सञ्चालन हुने भनिएको प्रथम त्रैमासिकको परीक्षासमेत अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.