रवि लामिछाने उठ्ने क्षेत्रमै पत्रकार खेम भण्डारी चुनाव लड्ने

धनगढी । पत्रकार खेम भण्डारी अर्का चर्चित पत्रकार रवि लामिछाने लड्ने क्षेत्रबाटै चुनाव लड्ने भएका छन्।भण्डारीले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै रवि लामिछाने उठ्ने क्षेत्रबाट संघीय चुनाव लड्ने बताएका हुन्। 

‘अन्ततः रवि लामिछानेविरुद्ध संघीय चुनाउ लड्ने निर्णयमा पुगियो। नेपालको जुन निर्वाचन क्षेत्रमा रवि लडे पनि मेरो उम्मेदवारी रहन्छ’ उनले लेखेका छन्।

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा ‘भीआईपी’ को हात रहेको बताउँदै आएका भण्डारीले रवि लामिछानेले ती भीआईपीलाई बचाउन खोजेको आरोप लगाएका छन्।

उनले आफ्नो चुनावी एजेण्डा नै निर्मला हत्याको विषय बनाएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.