अपाङ्गताकाे सवालमा सरकार प्रतिबद्ध छ मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले अपाङ्गता भएका ब्यक्तिहरुकाे सवालमा सरकार प्रतिबद्ध रहेकाे बताएका छन् । आईतवार राष्ट्रीय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश समितिका पदाधिकारीहरुसंगकाे भेटघाटमा मुख्यमन्त्री भट्टले यस्ताे बताएका हुन् । 

 महासंघ प्रदेश अध्यक्ष मानवहादुर साउदकाे नेतृत्वमा मुख्यमन्त्री भेट्न गएकाे टाेलीले प्रदेश सरकारले अपाङ्गता नीति बनाउन गरेकाे ढीलाईबारे जिज्ञासा रखेकाे थियाे । यस्तै प्रदेश अपाङ्गता समन्वय समितिलाई पुर्णता दिन र सरकारले अपाङ्गताकाे क्षेत्रमा छुट्टाउने बजेट बर्षेनी फ्रिज गैरहेकाेप्रति दुख ब्यक्त गर्दै संबेदनशील  भैदिन आग्रह गरेकाे थियाे । 

छलफलमा मुख्यमन्त्री भट्टले प्रदेश सरकार घाईते अपाङ्गता, असहाय असक्तहरुकाे अभिभावक रहेकाले अपाङ्गताका सवालमा प्रतिबद्ध रहेकाे बताए । यही विषयलाई मध्येनजर गरेर प्रदेश सरकार गठनपछि अपाङ्गता क्षेत्रमा कराेडाैं बजेट बिनियाेजन गरेकाे बताउदै सबैखाले अपाङ्गगता भएका ब्यक्तिहरु एकजुट हुनुपर्ने बताए । सुरुका वर्ष कार्यविधि बनाउन समय लागेपनि त्यसपछिकाे बजेटमा अपाङ्गता भएकाब्यक्तिहरु नै लुछाचुडी गर्न थालेकाले कार्यान्वयन गर्न गाह्राे भएकाे बताए । सबै प्रकारका अपाङ्गता भएकाहरुकाे समस्य आआफ्नाे ठाउँमा एउटै सम्झेर साझा दायित्व लिएर आउन पनि मुख्यमन्त्री भट्टले आग्रह गरे ।

मुख्यमन्त्री भट्टसंगकाे छलफलमा प्रदेश अध्यक्ष साउदसंगै सचिव नन्दराज भट्ट अपाङ्गता अभियान्ता ईश्वर पाल र भवानी ऐर सहभागी थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.