कल सेन्टरमा प्रहरीकाे छापा, ९ जना पक्राउ १५० युवायुवती निगरानीमा

रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरबाट  रुपन्देही प्रहरीले ९ जनालाई पक्राउ  गरेको छ । ब्लु स्काइ बिजनेस सोलुसन प्रालि नामक कल सेन्टर स्थापना गरी सर्वसाधारणलाई ठगी गरेको प्रमाणका आधारमा संचालक ९ जना पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताए ।

प्रहरीले सेन्टरमा कर्मचारीको रुपमा काम गरी अश्लील म्यासेज पठाउने, चिठ्ठा पर्‍यो भनी ठगी गर्ने कार्यरत करिब १ सय ५० जनालाई कार्यालयभित्रै निगरानीमा राखेको छ । कार्यालय सिल गरी उनीहरुमाथि सोधपुछ थालेको केसीले जनाए । ४ तले ३र भाडामा लिई ३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

चिनियाँ र भारतीय नागरिक समेतको लगानीमा खोलीएको ठगी कार्यालयबाट सर्वसाधारणको मोबाईलमा ह्वाट्सप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिठ्ठा पर्‍यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.