सुदूरपश्चिममा बाढी पहिराेकाे खतरा, सतर्क रहन माैसम विभागकाे आग्रह

धनगढी । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिमका अधिकाँस जिल्लामा बाढीको खतरा रहेको जनाएको छ । महाशाखाका अनुसार कैलाली, अछाम, डोटी, डडेल्धुरा, बैतडी र दार्चुलामा बाढीको खतरा रहेको छ ।

वर्षाका कारण ती जिल्लामा बहने केही स–साना नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब समेत हुन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ । बहाब बढ्ने जिल्लाको तटीय क्षेत्रमा रहने सर्वसाधरणलाई सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.