कार्यक्षेत्र बढाउन युएसएआइडीसँग मुख्यमन्त्री भट्टकाे आग्रह

धनगढी । महिला बालवालिका लगायत सामाजिक क्षेत्रमा काम गर्दै आएकाे अमेरीकन सहयाेगी सँस्था युएसएआइडीलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले कार्यक्षेत्र बढाउन आग्रह गरेका छन् । मंगलवार मुख्यमन्त्री कार्यालय पुगेकाे उक्त संस्थाकाे मिसन टाेलीसँगकाे छलफलमा मुख्यमन्त्री भट्टले यस्ताे आग्रह गरेका हुन् । 

छलफलका क्रममा अमेरीकन सहयाेगी सँस्था युएसएआइडी मेनेजिङ डाइरेक्टर क्याभन्सेडले सुदूरपश्चिमका कैलाली कञ्चनपुर लगायत नेपालका दश जिल्लामा मानव बेच बिखन तथा ओसारपसार नियन्त्रण, सुरक्षीत वैदेशिक रोजगारी जोखिममा रहेका समुदायलाई उचित ब्यबस्थापन क्षेत्रमा काम गरिरहेकाे र अवका दिनमा के काम गरिदिए हुन्थ्याे भन्ने जिज्ञासामा मुख्यमन्त्री भट्टले सामाजिकका साथसाथै कृषि, पर्यटन, आयआर्जन मूलक क्षेत्र समेट्न सके राम्रो हुने बताएका थिए । 

मुख्यमन्त्री भट्टले संघीय सरकारवाट अनुमति लिएर आएपनि काम गर्नुपर्ने ठाउमा स्थानीय र प्रदेश सरकारसँग पनि समन्वय गर्नुपर्ने बताए । जसले गर्दा साझेदारीमा काम गर्न सहज हुने र लक्ष्य प्राप्ती चाँडाे गर्न सकिने उनले बताए । मानव बेच बिखन तथा ओसारपसार नियन्त्रण लागुपदार्थ नियन्त्रण प्रजनन् स्वास्थ्य लगायका विषय सबैजसाे विधालय तथा क्याम्पसमा लैजानसमेत उनले जाेड दिए ।

छलफल कार्यक्रममा सामाजिक विकासमन्त्री गाेबिन्दराज बाेहरा, संसद देवकी मल्ल, मुख्यमन्त्री कार्यालय र सामाजिक विकास मन्त्रालयका उच्चपदाधिकारी कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे।May be an image of 6 people, people sitting, people standing and indoor

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.