मुख्यमन्त्री भट्टद्वारा धनगढीमा वडा क्लिनिक सेवा शुभारम्भ

धनगढी । धनगढी उपमहानगरमा विशेषज्ञ वडा क्लिनिक सेवाको शुभारम्भ गरिएको छ। आइतबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमका बीच धनगढी उपमहानगरपालिकाको वडानम्बर १९ बाट सेवाको शुभारम्भ गरेका हुन्।

धनगढी उपमहानगरपालिकाले नगरवासीलाई सर्व सुलभ स्वास्थ्य सेवा प्रदान गर्नका लागि सबै वडाहरुमा विशेषज्ञ वडा क्लिनिक सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ। यो सेवा प्रत्येक महिना तालिका अनुसार १९ वटै वडामा नि:शुल्क प्रदान गरिने छ। 

धनगढीका नगरप्रमुख गोपाल हमालले यसअधि नै आफूलाई चढ्न दिइएको गाडी उक्त सेवा सञ्चालनका लागि स्वास्थ्य शाखालाई प्रदान गरेका छन्। नगर प्रमुखको रुपमा कुनै पनि सुविधा व्यक्तिगत उपभोग नगर्ने घोषणा गरेका हमालले चुनावी प्रतिबद्धता अनुसार १९ वटै वडामा हरेक महिना विशेषज्ञ स्वास्थ्य क्लिनिक सञ्चाचलन गर्ने बताएका थिए। 

यस्तै धनगढी उपमहानगरपालिकालाई विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्न आवश्यक पर्ने दुई जना विशेषज्ञ डाक्टरको तलव र भत्ता धनगढीस्थित भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले व्यहोर्ने सम्झौता यस अघि नै भएको छ। उपमहानगरपालिकालाई स्वास्थ्य क्लिनिक सञ्चालन गर्न आवश्यक उपकरण प्रदेश सरकारकाे सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.