ट्रक र जीप एकआपसमा ठोक्किँदा ७ जना घाइते

चितवन । नारायगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा ट्रक र स्कारपियो ठोक्किँदा ७ जना घाइते भएका छन्।

शनिबार साँझ नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख २७७२ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग २ च ३५१२ नम्बरको स्कारपियोलाई ठक्कर दिएको थियो।

दुर्घटनामा स्कारपियोमा सवार चालकसहित ७ जना घाइते भएका हुन्। घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.