मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एक जनाको मृत्यु, २ घाइते

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। दुर्घटनामा चालक कैलारी गाउँपालिका-१ का २१ वर्षीय नैनबहादुर चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चौधरीलाई साझा सामुदायिक हेल्थ क्लिनिक मसुरियाबाट धनगढीस्थित नवजीवन अस्पताल रिफर गरिएको थियो। नवजीवनबाट पनि कोहलपुर मेडिकल कलेज रिफर गरिएपछि उनको शनिबार बिहान मृत्यु भएको हो।

शुक्रबार साँझ जिल्लाको गौरीगंगा नगपालिका-११ शिवपुरस्थित भित्री सडकखण्डमा से ४ प ४९३९ नम्बरको मोटरसाइकलले घर नजिककै सडकछेउमा खेलिरहेका ४ वर्षीय नितेश खातीलाई ठक्कर दिएको थियो। ठक्करबाट नितेशसहित मोटरसाइकल पछाडि सवार बर्दगोरिया गाउँपालिका-३ का ३१ वर्षीय जगदीश चौधरी घाइते भएका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.