Dashain Suvakamana

कैलाली-कञ्चनपुरका विधालय भाेलीदेखि बन्द

धनगढी । कोरोनाको जोखिम बढेकाे भन्दै भाेलीदेखि कैलाली-कञ्चनपुरका विधालयमा पठनपाठन बन्द गरिएकाे छ । जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीको बैठकले स्थानीय तहलाई अनुरोध गरेअनुसार सोमबार सामुदायिक, निजी तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक संघ संगठनका प्रतिनिधिहरू, प्याब्सन, एनब्याब्सनका प्रतिनिधिहरू र अन्य सरोकारवालाहरू सँग सुझाव संकलन गरेपछि वैशाख १५ गते सम्मलाई विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

विद्यालयका सम्बन्धमा नेपाल सरकार बाट थप निर्णय भई आएमा सोही अनुसार हुने समेत निर्णय गरिएको छ ।प्रत्यक्ष पठनपाठन विद्यालयमा बन्द भए पनि सम्भव भए सम्म अनलाइन कक्षा सञ्चालन गर्ने बारेमा विद्यालयलाई जानकारी गराउने तथा वार्षिक परीक्षा सञ्चालनका लागि आवश्यक गृहकार्य गर्न विद्यालयलाई जानकारी गराउने निर्णय पनि धनगढी उप–महानगरपालिकाले गरेको छ ।

यस्तै उता कञ्चनपुरको भीमदत्त नगरपालिका पनि विद्यालयहरू ९ दिनका लागि बन्द हुने जनाएकाे छ । कोरोना संक्रमण बढ्न थालेको भन्दै वैशाख ७ गतेदेखि १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । नगरपालिकाकी कार्यवाहक नगरप्रमुख सुशीला चन्द सिंहको अध्यक्षमा बसेको बैठकले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा परीक्षा वैशाख २६ गते पछि गर्ने निर्णय गरेको छ ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.