खेत जोत्दाजोत्दै बझाङमा वडासदस्यको मृत्यु

बझाङमा एक वडासदस्यको निधन भएको छ। शनिबार जिल्लाको मष्टा गाउँपालिका-७ का नवनिर्वाचित वडासदस्य बमबहादुर बोहराको निधन भएको हो।

बोहरा आज बिहान गाउँ नजिकैको खेतमा हलो जोत्दाजोत्दै रिंगटा लागेर अचानक ढलेका थिए। रिंगटा लागेर ढलेका उनको त्यहीँ ज्यान गएको पारिवारिक स्रोतले जानकारी दियो। मृतक बोहरा गत बैशाख ३० गते नेकपा एमालेबाट वडासदस्यमा निर्वाचित भएका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.