बाजुराको बुढीगंगा नगरपालिकामा एमाले जित नजिक

धनगढी । बाजुराको बुढीगंगा नगरपालिकाको मत गणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका मेयर र उपमयेर पदका उम्मेदवारहरु दोब्बर मतले अगाडि छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म ४ हजार ३६२ मत गणना भएको छ। अहिलेसम्म एमालेका रामवहादुर बानियाँले २,८२१ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले १४८५ मत पाएका छन्। यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्का कुवँरले २,७७७ मत पाएकी छन्। उनकी प्रतिस्पर्धी कांग्रेसकी रीता शाहीले १,५२८ मत ल्याएकी छिन्।

अहिलेसम्म मत गणना सकिएका चार वटा वडा एमाले नै जितेको छ। अहिले वडानम्बर ८ र ३ को गणना जारी छ। बुढीगंगामा कूल ९ हजार १२८ मत खसेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.