कोरोना संक्रमण फेरी बढ्दै, सतर्कता अपनाउन आग्रह

कोरोना भाइरस संक्रमण फेरि बढ्न थालेको छ । मंगलबार ९० जनामा संक्रमण पुष्टि भएकोमा बुधबार बढेर १ सय १३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीताकौशल मिश्राका अनुसार २ हजार ७ सय २४ जनाको कोरोना परीक्षण गर्दा १ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, हाल सक्रिय संक्रमितको संख्या ४ सय ७१ जना रहेका छन् ।

विगत २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुने संख्या ९ लाख ६७ हजार ५ सय ७५ पुगेको छ । यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल होम आइसोलेसनमा ४ सय ६९, संस्थागत आइसोलेसनमा दुई, भेन्टिलेटरमा एक र दुई जना सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ ।

स्वास्थ्यका मापदण्डकासाथै सतर्कता अपनाउन मन्त्रालयले सर्वसधारणमा आग्रहसमेत गरेकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.