फेरि बढ्यो पेट्रोल डिजेलको मूल्य, अब कति पर्छ ?

सरकारले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । नेपाल आयल निगमले सोमवार राति बढाएको भाउ  मध्यरातदेखि भइसकेको छ ।निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ५ वृद्धि भएको छ । यससँगै पेट्रोलको मूल्य १८१ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पुगेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.