धनगढी । सुदूरपश्चिम प्रदेशकै एकमात्र उपमहानगर धनगढी उपमहानगरपालिकाकाे आठौं नगर सभाको तेस्रो बैठक तनावग्रस्त भएपछि स्थगित भएकाे छ ।
बैठकमा उपमेयर कन्दकला रानाले आफूसँग सल्लाह नगरेरै बजेट पुस्तिका प्रकाशन गरेको भन्दै विरोध जनाएपछि मेयरकाे जफाव चित्तबुझ्दाे नभएकाे भन्दै कुर्सि हानाहान भएकाे थियाे । स्थिति तनावग्रस्त बनेपछि बैठक स्थगित गरिएको हो।
उपमेयर रानाले गोपाल हमाल र प्रशासकीय अधिकृतले एकलौटीरुपमा कुनै सल्लाह नगरेर बजेट पुस्तिका (रातो किताव ) प्रकाशित गरेको बताइन । यस्तै कर्मचारीले पनि आफूलाई हेप्ने गरेको उपमेयर रानाको गुनासो छ। रानाले नगरसभा नचल्न दिने चेतावनी दिएकी छन्।
उनको चेतावनीपछि एमाले र माओवादीबाट निर्वाचित नगरसभा सदस्यहरुले कुर्सी फालाफाल गरेका थिए। उपमेयर रानाले विरोध गरेपछि नगरसभा बैठक स्थगित गरिएको हो।