धम्क्याएर चन्दा असुल्ने विप्लवका ३ कार्यकर्ता टीकापुरमा पक्राउ
धनगढी। कैलालीमा धम्क्याएर रकम असुलेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन् । टीकापुर नगरपालिका वडा नम्बर १ को बजार क्षेत्रबाट विप्लव निकट तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।
चन्दा असुली भइरहेको गोप्य गुनासोको आधारमा टिकापुर नगरपालिका १ कै जयन्त बिष्ट, जयसिंह सुनार र दिनेश बिकलाई आज पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी हेमबहादुर शाहीले बताए।
अहिले उनीहरुलाई प्रहरी कार्यालयमै राखेर थप अनुसन्धान गरिरहेको डिएसपी शाहीले बताए।