प्रदेश र संघको निर्वाचन एकैपटक मंसिर पहिलाे साता हुने !

काठमाण्डाैं । निर्वाचन आयोगले प्रदेश र संघको निर्वाचन मंसिर पहिलो सातासम्म सम्पन्न गरिनसक्नुपर्ने अनाैपचारिक सुझाएकाे छ । प्रदेश र संघको निर्वाचन एकैपटक गर्दा मंसिर पहिलाे साता र दुइ पटक गर्नुपर्दा कात्तिक मसान्तसम्म पहिलाे चरण गर्ने गरी निर्वाचन गर्न प्रधानमन्त्रीलाई प्रस्ताव गरेको हाे ।

प्रधानमन्त्री देउवा र आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको अनौपचारिक छलफलमा प्रधानमन्त्री देउवाले मिति प्रस्ताव गर्न आयोगलाई आग्रह गरेपछि यस्ताे सुझाव दिएकाे हाे । यसअघि निर्वाचनसम्बन्धी कानुन पेश गर्ने विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ ।

‘आयोगले प्रस्ताव गरेको मितिमै अघि जाने सोच छ । अन्य दलहरूसँग पनि परामर्श गर्छौं र समिति तोक्छौं‚’ बैठकमा सहभागी स्रोतले भन्यो‚ ‘अर्को साता मिति प्रस्ताव गर्न प्रधानमन्त्रीले भन्नुभएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.