नक्कली फाईल खडा गर्ने नवजीवन सहकारीका १० कर्मचारी कारबाहीमा

धनगढी । नक्कली फाइल बनाएर डेढ करोड ऋण प्रवाह गरेको भेटिएपछि धनगढीको नवजीवन सहकारी संस्था लिमिटेडले आफ्ना १० कर्मचारीलाई कारबाही गरेको छ। सञ्चार माध्यममा उक्त कुरा बाहिरिएपछि सहकारीले उपाध्यक्ष चेतराज ओझाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। सोही छानबिनपछि दोस्रो पटक २४ घण्टे स्पष्टीकरण समेत सोधिएको थियो।

त्यसपछि छानबिन समितिले बुझाएको प्रतिवेदनपछि सहकारीको सञ्चालक समितिले अधिकृत स्तरका ३ जना कर्मचारीको घटुवा र पदोन्नति रोक्का गर्ने निर्णय गरेको सहकारीका महाप्रबन्धक डम्मरसिंह गुरुले बताए। यस्तै अन्य ७ जना कर्मचारीहरुको पदिय जिम्मेवारी अनुसार ५ ग्रेडदेखि १ ग्रेडसम्म खोसुवा गरि कारबाही गरिएको उनले बताए।

नक्कली फाइल प्रमाणीकरण तथा सदर गर्ने धनगढी मुख्य शाखाका सहायक महाप्रबन्धक एवं तत्कालीन धनगढी मुख्य शाखा प्रमुख प्रेमराज जोशी, धनगढी शाखाका ऋण विभाग प्रमुख धनन्जय भट्ट र दीर्घराज जोशीको घटुवा र पदोन्नति रोक्का भएको छभने भरतबहादुर बस्नेत, श्यामराजा शाह, खगेन्द्रराज जोशी, चेतराज पाण्डेय, कटक बाहदुर ओलि, सत्यनारायण चौधरी र लक्ष्मण राज ओझाको ग्रेडसम्म खोसुवा गरि कारबाही गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.