नाबालिका विधार्थी बलात्कारकाे आराेपमा शिक्षक पक्राउ

बझाङमा विधार्थी बलिकालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन । केदारस्युा गाउँपालिकास्थित सुर्मा माध्यमिक विद्यालयका शिक्षक रमेश गुर्धामीलाई प्रहरीले पक्राउ गरेका हो । १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

असार ८ गते राति विवाहको कार्यक्रममा सहभागी भएर सुतिरहेकी युवतीलाई गुर्धामीले बलात्कार गरेका थिए । गुर्धामीले राति १ बजेतिर युवती सुतेको कोठामा प्रवेश गरेर बलात्कार गरेको र युवतीले यो कुरा घरमा भनेपछि १० गते प्रहरीमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता जनक ढुंगानाले बताए ।

घटनापछि फरार रहेका गुर्धामीलाई लुकेर बसेको अवस्थामा पक्राउ गरिएको र अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको ढुंगानाले बताए ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.