बझाङको छबिस पाथिभेरा अध्यक्षमा माओवादीका चलाउने विजयी

बझाङ। बझाङको छबिस पाथिभेरा गाउँ पालिका अध्यक्षमा माओवादी केन्द्रका नेता वसन्त चलाउने विजयी भएका छन‍्। अध्यक्षमा विजयी चलाउनेले ३ हजार ६८४ मत ल्याएका छन्।उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका रामप्रसाद भट्टले १ हजार ९२४ मत प्राप्त गरेका थिए।

यस्तै गाउँपालिका उपाध्यक्षमा समाजवादीका लक्ष्मण बाेहरा विजयी भएका हुन्।उपाध्यक्षमा लक्ष्मण बोहराले ३ हजार ३४७ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी एमालेका देवकी बुढाले १ हजार ८९२ मत प्राप्त गरेकी छन्।

यहाँ २०७४ सालको चुनावमा एमालेले अध्यक्ष, उपाध्यक्ष दुबै जितेको थियो। माओवादीका गाउँ संगठन कमिटी अध्यक्षसमेत रहेका चलाउने यसअघि माओवादी निकट बुद्धिजीवी परिषद्‌‌का जिल्ला अध्यक्ष थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.